News
ललितपुरलाई शिर्षताको चुनौति, बिरगंजलाई पुछारको चिन्ता
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ मंगलबार ललितपुर सिटी एफसी र बिरगंज युनाइटेड एफसी आमनेसामने हुँदा ललितपुरलाई शिर्ष स्थानमा उक्लने चुनौति हुनेछ भने बिरगंजलाई पुछारको स्थान छाड्ने चिन्ता
दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुन गईरहेको आजको खेल दुवै टोलीलाई महत्वपूर्ण छ । तीन खेलबाट ५ अंकका साथ दोस्रो स्थानमा रहेको ललितपुर लिगलिडर धनगढी भन्दा २ अंकले मात्र पछाडी छ । ललितपुरले आज आफु अनुकुल नतिजा ल्याउन सके शिर्ष स्थानमा उक्लिनेछ ।
उता ठिक विपरित अंकविहीन पुछारमा रहेको बिरगंजलाई लिगमा पहिलो अंक जोड्नु छ भने पुछारको त्यो स्थान छाड्नुपर्ने दबाब पनि छ । त्यसैले पनि आजको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि