News
एनएसएलः झापा र काठमाडौंको लगातार दोस्रो बराबरी
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ सुस्त शुरुवात गरेको नवप्रवेशी टोली झापा फुटबल क्लब र काठमाडौं रेजर्सले सोमबार लिगको लगातार दोस्रो बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा झापाका समन्दर ओचिलोव म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
यो नतिजापछि ३ खेलबाट २ अंक जोडेको झापा लिगतालिकाको आठौं स्थानमा छ । उता काठमाडौं भने ५ अंकका साथ शिर्ष तीनमा रहेको पोखरा थन्डर्ससँग अंक बराबरी गरेको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न