News
किरात गोल्डकपः आज रेडहर्ष र बिर्तामोड भिड्दै
फिदिम । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज इलामको रेडहर्ष एफसी र झापाको बिर्तामोड युनाइटेडले प्रतिस्पर्धा गर्दै छन् ।
फिदिम माविको निर्माणाधीन खेलमैदानमा झापा र इलामको टोलीले सेमिफाइनल प्रवेशका लागि दोस्रो क्वाटरफाइनल खेल खेल्न लागेका हुन् ।
शनिबार भएको उद्घाटन खेलबाट तेह्रथुमको मितेरी एफसीलाई २-० गोलले पराजित गर्दै आयोजक पाँचथर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
गोल्डकपको विजेताले नगद ४ लाख ४ हजार ४४४ र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश