News
सुपर लिगमा आज दुई खेलहरु हुँदै
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शनिबार दुई रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहर हुँदै छन् । दशरथ रंगशालामा दिनको पहिलो खेलमा १ बजे झापा फुटबल क्लब र पोखरा थन्डर्स भिड्दै छन् ।
पहिलो खेलमा हार बेहोरेको झापा शनिबार पोखरा विरुद्ध निश्चित अंकका लागि मैदानमा उत्रिने छ । त्यस्तै एक खेलमा जित र एक खेलमा बराबरी खेल्दै लिगतालिकाको चौथो स्थानमा रहेको पोखरा दोस्रो जितको खोजीमा हुनेछ ।
शनिबार नै साँझ ५ः३० बजेदेखि शुरु हुने खेलमा लिगलिडर धनगढी एफसी र ललितपुर सिटी भिड्ने छन् । दुई खेलबाट दुई जितका साथ शिर्ष स्थानमा रहेको धनगढीलाई एक जित र एक बराबरीसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको ललितपुरले कडा चुनौति दिने निश्चित छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न