काठमाडौं । जिल्ला हुँदै राष्ट्रियस्तरमा आफूलाई कुशल फुटबल प्रशिक्षकका रुपमा उदाएका प्रकाश अर्याल अहिले जिवन मरणको अवस्थाबाट गुज्रिरहेका छन् । फुटबल प्रशिक्षणमा लामो समय बिताएका अर्याल अहिले ब्लड क्यान्सर जस्तो घातक रोगले थलिएका छन् ।
निकट स्रोतका अनुसार प्रशिक्षक अर्यालको अहिले उपचार चलिरहेको छ । साथै उनको उपचारमा खर्च धेरै हुने भएकाले उनको उपचारमा सहयोग पुर्याउन सम्बन्धित सबैलाई अपिल समेत गरिएको छ । फुटबललाई नै सबथोक सुम्पिएका प्रशिक्षक अर्याल बाँच्न चाहन्छन् । नेपाली फुटबलका लागि अझै केही गर्न चाहन्छन् ।
मधेश प्रदेश फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ तथा धनुषा कै ग्रासरुट फुटबल प्रशिक्षकका रुपमा रहेर काम गर्दै राष्ट्रियस्तरमा पनि नेपालको उमेर समूहको प्रशिक्षकीय जिम्मेवारी सम्हालिसकेका अर्याललाई बचाउन अहिले अभियान नै चलाइएको छ ।
अहिलेका चल्तीका प्रशिक्षक तथा खेलाडीहरु चेतन घिमिरे, निराजन खड्का, दिनेश हेन्जन, हिरा भुजेल जस्तालाई फुटबल सिकाएर एउटा उचाईमा पुर्याएका तीनै प्रशिक्षक अहिले जीवन संकटमा छन् । उनकै उपचार खर्चमा लागेर परिवारको आर्थिक अवस्था पनि कमजोर भईसकेकाले सबैतिरबाट सहयोगको अपिल गरिएको हो ।
प्रशिक्षक प्रकाश अर्याल बचाउ अभियानमा अहिले हाम्रो गोलनेपाल टिम पनि लागिपरेको छ । प्रशिक्षक अर्याललाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले तल उल्लेखित खाता नम्बरमा पनि आर्थिक सहयोग गर्न सक्ने छन् ।

- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि