News
नेपाल सुपर लिगको ‘ब्रोडकास्ट पार्टनर’ बन्यो हिमालय टिभी

काठमाडौं । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा हुन गईरहेको बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को आधिकारिक ब्रोडकास्ट पार्टनर हिमालय टिभी बनेको छ ।
र्
एनएसएलले सोमबार मात्रै हिमालय टिभी लिगको ब्रोडकास्ट पार्टनर बनेको कुरा सार्वजनिक रुपमा घोषणा समेत गरेको हो । स्मरण रहोस, सुपर लिगको पहिलो संस्करणमा एपि वान टिभी आधिकारिक ब्रोडकास्ट पार्टनर रहेको थियो ।
नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र नवप्रवेशी टोली स्र्पोटिङ इलाम भिड्ने छन् । कुल ९ टोलीहरुले सहभागिता जनाउने लिगको समापन भने पुष १४ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा