
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट खेलतर्फ युएईसँग भिड्ने नेपालको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले शुक्रबार २३ सदस्यीय नेपालको राष्ट्रिय फुटबल टोली घोषणा गरेका हुन ।
नेपालले छनौट प्रतियोगिता अन्तर्गत नोभेम्बर १६ (कार्तिक ३० गते) का दिन बलियो युएईसँग दुबईमा खेल्दैछ । दुबई स्थित अल मक्तुम स्टेडियममा हुने खेल नेपाली समयअनुसार राती ९ः३० बजेदेखि शुरु हुने कार्यक्रम छ ।
स्मरण रहोस, छनौट प्रतियोगिता अन्तर्गत समूह एचमा रहेको नेपालले युएई बाहेक बलियो बहराईन र यमनसँग होम एण्ड अवेका आधारमा गरी खेल्ने कार्यक्रम पनि छ । नेपालले आफ्नोे पहिलो घरेलु म्याच आउँदो नोभेम्बर २१ तारीख (मंसिर ५ गते) यमनसँग खेल्ने कार्यक्रम छ ।
नेपालको फाइनल स्क्वाडः
गोलरक्षकः किरन कुमार लिम्बु, दिप कार्की, अभिषेक बराल
डिफेन्डर्सः सनिष श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक बिष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डर्सः लाकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे, निशान हमाल
फरवार्डसः अन्जन बिष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सन्जिव बिष्ट, राजेश परियार
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न