झापा । टाइब्रेकरमा जित निकाल्दै पारिजात महिला फुटबल क्लब झापा १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पाहुना टोली पाँचथर जिल्ला फुटबल संघलाई ३–१ गोलअन्तरमा पराजित गर्दै पारिजातले विजयी सुरुवात गरेको हो । अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
पहिलो हाफमा पारिजातले दबाबमा राखे पनि दोस्रो हाफमा पाँचथरले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, खेलको निर्णय टाइब्रेकरबाट लिनु परेको थियो । दोस्रो हाफको १६औँ मिनेटमा पारिजातकी सुस्मिता लेप्चाले प्रहार गरेको बल गोलमा परिणत भए पनि रेफ्रीले मान्यता दिएनन् ।
पाँचथरका खेलाडीले गरेको प्रहार विफल बन्दा समर्थक निरश बनेका थिए । अन्ततः टाइब्रेकरमा पाँचथरका खेलाडीको प्रहार फितलो हुँदा पहिलो खेलबाटै बाहिरिनु परेको छ ।
टाइब्रेकरमा पारिजातकी सुस्मिता लेप्चा, निलु तिर्की र अङ्गिता तामाङको प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै, पाँचथरकी फिस्टी राईको प्रहारले मात्र पारिजातको जाली चुमेको थियो ।
खेलको वुमन अफ द म्याच पारिजातकी सुस्मिता लेप्चा घोषित भइन् । उनलाई आयोजक सुखानी सहिद स्मृति प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईले नगद ३ हजार पुरस्कार प्रदान गरे ।
महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक धनराशिको हो ।
गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा