News विजयपुर र गणेशमान स्मृतिको जित
गोलनेपाल

काठमामाडौं । विजयपुर युथ क्लब र गणेशमान स्मृति फुटबल क्लब यहाँ जारी छैठौं नैकाप गोल्डकप नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

नैकाप खेलमैदानमा भएको दिनको पहिलो खेलमा विजयपुरले नेपालय कलेजलाई ३–१ ले हरायो । विजयपुरको जितमा समिर बोहराले दुई गोल गर्दा थप एक गोल अनिष परियारले गरे । पराजित नेपालयका
लागि सोनु आले मगरले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा विजयपुरका समिर बोहरा म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दिनको दोस्रो खेलमा गणेशमान स्मृतिले मनकामना फुटबल क्लबलाई २–१ ले हरायो । गणेशमानको जितमा बिशाल श्रेष्ठले एक गोल गर्दा अर्को गोल विपक्षी टोलीले आत्मघाती गोलका रुपमा गरेको थियो ।

उता पराजित मनकामनाका लागि पासाङ लामाले एक मात्र गोल फर्काएका थिए । खेलमा गणेशमान स्मृतिका रुपेश अधिकारी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक १ गते पनि दुई खेलहरु हुने आयोजकले जानकारी दियो ।

चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments