News
मनिष निर्णायक बन्दा नेपाल विश्वकप र एसियन कप छनौटको दोस्रो चरणमा
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनैट खेल अन्तरगत पहिलो चरणको खेलमा महत्वपूर्ण जित निकाल्दै नेपाल छनौट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ
मंगलबार निर्णायक मानिएको अवे खेलमा नेपालले घरेलु टोली लाओसलाई १–० ले हराउँदै समग्रमा २–१ को अग्रताका साथ दोस्रो चरणमा स्थान बनाउन सफल भएको हो ।
न्यु लाओस नेशनल स्टेडियममा भएको खेलको दोस्रो हाफतर्फ ५३औं मिनटमा मनिष डाँगीले गरेको एक मात्र गोल नेपाललाई महत्वपूर्ण जित दिलाउन निर्णायक बन्यो ।
स्मरण रहोस, नेपाल र लाओस बीच गत साता दशरथ रंगशालामा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
दोस्रो चरणतर्फ नेपाल समूह एचमा परेको छ । जहाँ नेपालले युएई, बहराईन र यमनसँग होम एण्ड अवेका आधारमा खेल्नेछ । जुन खेलहरु यही वर्षको नोभेम्बरदेखि अर्को वर्षको जुन महिनासम्म हुने कार्यक्रम छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान