News
आठौं बुढानिलकण्ठ नगर कप यही असोज अन्तिम साता
काठमाडौं । बुढानिलकण्ठ युवा समाजको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको बुढानिलण्ठ नगर कप यही असोज २८ र २९ गतेका दिन हुने भएको छ ।
बुढानिलकण्ठ स्कुलको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजक समाजका कार्यवाहक अध्यक्ष सकशा शाहले जानकारी दिए ।
त्यस्तै यही असोज २५ गतेसम्म टिमदर्ता गर्ने टोलीहरुलाई नेपाल र लाओस बीच दशरथ रंगशालामा हुने विश्वकप छनौटको खेल हेर्न तीन थान टिकट उपलब्ध गराईने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
स्मरण रहोस, प्रतियोगिताको सातौं संस्करण बुढानिलण्ठ नगरपालिका वडा नम्बर ५ ले जितेको थियो । त्यतिबेला फाइनलमा वडा नम्बर ५ ले वडा नम्बर ९ लाई हराउँदै उपाधि जितेको थियो ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि