News
प्रथम त्रिवेणी गोल्डकप कार्तिक १२ देखि
झुलनेटा । त्रिवेणी युथ क्लब, पश्चिम रुकुमको आयोजनामा आउँदो कार्तिक १२ गतेदेखि १५ गतेसम्म प्रथम त्रिवेणी गोल्डकप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
दहबाङ, झुलनेटा स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६५०० तोकिएको छ । त्यस्तै कार्ड डिपोजिट वापत १५०० बुझाउनु पर्ने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष भुपेन्द्र खड्काले बताए ।
प्रतियोगितामा कुल १६ टोलीहरुलाई मात्र सहभागिता गराइने पनि आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)