![](https://www.goalnepal.com/np/uploads/news/1695899752.jpg)
हेटौडा । भुटानको थिम्पुमा सम्पन्न भएको साफ युथ–१६ फुटबल प्रतियोगितामा सहभागी भएर फर्किएका मकवानपुरका गोलरक्षक बिशेष बानियाँलाई हेटौडाको नागस्वती भेट्रान्स क्लबले नगद सहित सम्मान गरेको छ ।
क्लबले बिहिबार हेटौडामा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो । पछिल्लो समय भेट्रान फुटबलको राष्ट्रिय स्तरको प्रतियोगिताहरु आयोजना गर्दै आएको क्लबले युथ–१६ टिमका गोलरक्षक बिशेषलाई सम्मान गरेको हो ।
न्युरोड टिमको क्लब एकेडेमीबाट छनौट भई बिशेष राष्ट्रिय टिम युथ १६ मा परेका थिए । नागस्वती भेट्रान्स क्लबको कार्यालयमा भएको कार्यक्रममा क्लबका अध्यक्ष सोम तितुङले खेलाडीको प्रोत्साहनको लागी कुनै पनि कसर नराख्ने बताए ।
कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका सदस्य राम केसी, ७ नम्बर वडाका वडा सदस्य दिनेश थापा नागस्वती भेट्रान्सका उपाध्यक्ष बिरेन्द्र राज खत्री, सचिव प्रदिप गौतम, गोकुल नाथ पौडेल, रोहित खत्री, नवराज तितुङ, भरत तितुङ, राजु कार्की लगाएतको उपस्थिती थियो ।
- च्याम्पियन किकर्स टोलीलाई बधाइ र सम्मान
- किकस्टार्ट–टोटेनह्याम एफसीको इलिट एकेडेमी कार्यक्रमका लागि खेलाडी छानिए (नामावलीसहित)
- जर्मनीमा काठमाडौं किकर्स च्याम्पियन
- किकस्टार्ट टोटनहम एकेडेमी खुला ट्रायल सम्पन्न
- प्रशिक्षक हरि खड्का टिप–टो स्पोर्ट्स एकेडेमीसँग ब्रान्ड एम्बासेडर र टेकनिकल एडभाईजरका रूपमा आबद्ध