News
नेपाली यु-१९ टोलीको समर्थनमा बाइक र्याली हुने
काठमाडौं । दशरथ रङशलामा जारी साफ यु-१९ च्याम्पियनशिपको सेमीफाइनलमा भारत विरुद्ध भिड्दै गरेको नेपाल यु-१९ टोलीलाई हौशला र समर्थन प्रदान गर्नका लागि दशरथ रङशला, त्रिपुरेश्वर देखी गोदावरीको होटेल भ्यु भ्रिकुटीसम्म नेपाली फुटबल समर्थकहरुले बाइक र्याली निकाल्ने भएका छन् ।
बुधबार बिहान १० बजे रङशलाबाट सुरु हुने उक्त र्याली कुपोन्डोल, पुलचोक, लगनखेल, जवलाखेल, सातदोबाटो हुँदै गोदावरी पुग्ने छ । नेपाली फुटबल समर्थकको आयोजनामा हुन लागेको र्यालीले नेपाली युवा टोलिलाई नयाँ जोश दिने विश्वाश गरिएको छ । नेपाली फुटबल समर्थक समुहले यो र्यालीमा जो कोही पनि सहभागी हुन सक्ने बताएका छन् ।
आसोज १० गते नेपालले साफ यु-१९ च्याम्पियनशिपको सेमिफाइनलमा भारतको समाना गर्दै छ । ५:३० बजे दशरथ रङशलामा हुने खेलमा टिकट रु.१०० र ३०० मात्र रखिएको छ । पहिलो सेमिफाइनलमा भने पाकिस्तानले भुटानको समाना गर्दा उक्त खेल १:३० बजे सुरु हुने छ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि