News
फुटबल प्रशिक्षक प्रवेश कटुवाललाई मातृशोक
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ ।
कटुवालकी आमा ईन्द्रमाया कटुवालको ६५ वर्षको उमेरमा आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो । दिवंगत इन्द्रमाया मिर्गाैलासम्बन्धी रोगबाट पीडित थिइन् ।
वि.सं. २०१५ सालमा जन्मिएकी ईन्द्रमायाका प्रवेश र गणेश गरी दुई छोरा, एक छोरी र श्रीमान छन् । एक छोरीकोे पहिल्यै निधन भइसकेको जनाइएको छ । कटुवाल परिवार स्थायी बसोबास बिर्तामोड–१० सैनिक बजारमा रहेको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न