काठमाडौं । आई लिग च्याम्पियन बन्दै पहिलोपटक चर्चित इण्डियन सुपर लिग (आइएसएल) मा सहभागिता जनाएको किरन चेम्जोङको टोली पञ्जाब फुटबल क्लबले आफ्नो पहिलो खेलमै हारको सामना गरेको छ ।
साल्ट लेक स्टेडियममा भएको खेलमा पञ्जाबले डिफेन्डिङ च्याम्पियन तथा घरेलु टोली मोहन बगान सुपर जायन्टससँग ३–१ ले पराजित भएको हो । मोहन बगानका लागि जेसन कमिंग्स, दिमित्री पेट्राटोज र मनविर सिंहले गोल गरे । पञ्जाबका लागि भने कप्तान तथा फरवार्ड लुका माज्सेनले एक मात्र गोल फर्काएका थिए ।
पञ्जाबको पहिलो रोजाई मै रहेर मैदानमा उत्रिएका किरनले इण्डियन सुपर लिगमा डेब्यु गर्दै आइएसएल खेल्ने दोस्रो नेपाली खेलाडी बने । यसअघि अनन्त तामाङले गत वर्ष ईष्ट बंगालका लागि खेल्दै इण्डियन सुपर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।
पञ्जाबले आफ्नो आगामी खेल आउँदो सोमबार गोवासँग खेल्ने कार्यक्रम रहेको छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने