हरिवन । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आउँदै गरेको विजयादशमी तथा शुद दीपावलीको अवसर पारी नमस्ते युवा क्लब, हरिवन–६, घुर्कौली, सर्लाहीको आयोजनामा प्रथम रोमन कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
हरिवन–६ स्थित चार्लिक खेल मैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज १२ गतेसम्म टिमदर्ता खुला गरिएको पनि आयोजकले जानकारी दियो ।
युवा खेल अभियन्ता रोमन मोक्तानको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १,००,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर समेत रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न