काठमाडौं । रोजगारीको सिलसिलामा मलेसियामा रहेका आप्रवासी नेपालीहरुबीच आउँदो अक्टुबर ८ र १५ तारीखका दिन एचएमई पेनाङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
मलेसियामा रहेका नेपालीहरुबीच आत्मियता, भाईचारा र सम्बन्ध अभिवृद्धि गराउने उद्देश्यका साथ एचएमई पेनाङ एफसीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।
बिएम ९९ को खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीहरुका लागि अक्टुबर ७ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १ हजार मलेसियन रिंगिट तोकिएको पनि आयोजकले जनाएको छ । टिमदर्ता गर्दा दर्ता शुल्क वापतको ५० प्रतिशत वा पूरै रकम बुझाउनु पर्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ हजार मलेसियन रिंगिट हात पार्नेछ भने उपविजेताले ३५ सय मलेसियन रिंगिटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
त्यसैगरी प्रतियोगिता अवधिभर आकस्मिक एम्बुलेन्स सेवा पनि उपलब्ध रहने आयोजकले जनाएको छ ।

- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने