
पोखरा । एएफसी फुटसल एसियन कपको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टोली हाल पोखरामा बन्द प्रशिक्षणमा व्यस्त छ । टोलीले पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्डहलमा बन्द प्रशिक्षण गरिरहेको एन्फा फुटसल प्रमुख बिनोद गुरुङले बताए ।
मुख्य प्रशिक्षक गौरव बस्नेतको प्रशिक्षकीय जिम्मेवारीमा रहेको फुटसल टोली थप अभ्यासका लागि दक्षिण कोरिया जाने कार्यक्रम पनि छ । त्यहाँ नेपाली टोलीले स्थानीय क्लबहरुसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पनि एन्फाले जनाएको छ ।
आगामी अक्टुबर ७ देखि ११ तारीखसम्म मंगोलियामा हुन गईरहेको एएफसी फुटसल एसियन कप छनौटतर्फ नेपाल समूह डी मा परेको छ । जहाँ नेपालले आयोजक मंगोलियासँगै बलियो दक्षिण कोरिया र भियतनामसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली फुटसल टोलीको फाइनल स्क्वाडः
गोलकिपर्सः आशिष दंगल, सागर गुरुङ
फिक्सोः बिजय श्रेष्ठ, सरोज तामाङ, सन्जे स्याङत्न
आलाः आदिल हामिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्ज्वल शाही, रजत तिवारी, दिपेश घले
पिभोटः सुजित बुढाथोकी, मणि कुमार लामा
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड