काठमाडौं । अक्टुबर पहिलो सातादेखि शुरु हुन गईरहेको एएफसी फुटसल एसियन कपको छनौट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय फुटसल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक गौरव बस्नेतले आइतबार १४ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेका हुन् । नेपाली फुटबल टोली फुटसल एसियन कप छनौट प्रतियोगिता कै तयारीका लागि पहिला दक्षिण कोरिया जानेछ । तयहाँ नेपाली फुटसल टोलीले केही मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम पनि छ ।
त्यसपछि, त्यतैबाट छनौट प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली मंगोलियातर्फ प्रस्थान गर्नेछ । ७ देखि ११ अक्टुबरसम्म हुने छनौट प्रतियोगिता अन्तरगत समूह डी मा परेको नेपालले आयोजक मंगोलियासँगै भियतनाम र दक्षिण कोरिया विरुद्ध खेल्ने कार्यक्रम छ ।
नेपाली फुटसल टोलीको फाइनल स्क्वाडः
गोलकिपर्सः आशिष दंगल, सागर गुरुङ
फिक्सोः बिजय श्रेष्ठ, सरोज तामाङ, सन्जे स्याङत्न
आलाः आदिल हामिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्ज्वल शाही, रजत तिवारी, दिपेश घले
पिभोटः सुजित बुढाथोकी, मणि कुमार लामा
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि