
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई विभिन्न ए, बी र सी डिभिजन क्लबहरुले यही भदौ २४ गते हुने भनिएको विशेष साधारणसभाबारे विविध मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । क्लबहरुले एन्फाका कार्यवाहक अध्यक्ष बिर बहादुर खड्का र कार्यवाहक महासचिव अरुणमान जोशीलाई पत्र बुझाएका हुन् ।
एन्फाको विशेष साधारणसभा सदस्यहरुको भौतिक उपस्थिति मै गराउन क्लबहरुले माग गरेका छन् । विशेष परिस्थिति, महामारी वा असहज अवस्थामा मात्र भर्चुअल बैठक बस्न पाउने विधानमा उल्लेख भए तापनि अहिले त्यो अवस्था नरहेकाले क्लबहरुले भौतिक उपस्थिति मै विशेष साधारणसभा गर्न माग गरेका हुन् ।
त्यस्तै क्लबहरुले पाउनु पने विभिन्न खर्च बापतको रकम पनि नपाएकाले वक्यौता रकम पनि यथाशिघ्र उपलब्ध गराउन क्लबहरुले माग गरेका छन् । साथै यस विषयमा एन्फाले गम्भिरतापूर्वक प्रतिबद्धता नजनाए एन्फाबाट सञ्चालन हुने कुनै पनि प्रतियोगितामा सहभागिता नजनाउने क्लबले चेतावनी समेत दिएका छन् ।
स्मरण रहोस, एन्फा कार्यसमितिको गत साउन १९ गते बसेको बैठकले विभिन्न निर्णयहरु गरेको थियो । जुन निर्णयहरुको अनुमोदन विशेष साधारणसभा मै गर्ने समेत भनिएको थियो ।
हेर्नुहोस पत्रः
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न