News
फिफा रेफ्री बिक्रम चौधरीको निधन
काठमाडौं । फिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ । गत सिजन शहिद स्मारक ए डिभिजन लिग समेत खेलाएका ४० वर्षिय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो ।
सर्लाही घर भई हाल विभागीय टोली आर्मी क्लबमा जागिरे समेत रहेका रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका क्रममा अचेत भई ढलेका थिए । उनलाई तुरुन्तै अस्पताल पुर्याइए तापनि अस्पताल मै उनको निधन भएको निकट स्रोतले जनाएको छ । उनको मृत्युको कारण भने खुलाइएको छैन ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”