News
दोस्रो एमेच्योर फुटसल हुँदै

पोखरा । गुडवील स्पोर्टस, पोखराको आयोजनामा यही साउन २६ र २७ गतेका दिन पिजेटए दोस्रो एमेच्योर फाईभ ए साईड नकआउट फुटसल प्रतियोगिता हुने भएको छ ।
रानीपौवा स्पोर्टस सेन्टरमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला रहेको आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क ५५०० रुपैयाँ तोकिएको छ ।
दुई दिने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही २५०० रुपैयाँसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड