News
एसियन गेम्समा नेपालले जापान, भियतनाम र बंगलादेशसँग भिड्ने

काठमाडौं । चीनको ग्वाङझुमा आगामी सेप्टेम्बरमा हुन गईरहेको प्रतिष्ठित १९औं एसियन गेम्सको महिला फुटबलतर्फ नेपाल समूह डी मा परेको छ । बिहीबार निकालिएको ड्र अनुसार नेपालले एसियन पावर हाउस जापान, भियतनामसँगै अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
महिला फुटबलतर्फ एसियाका कुल १९ देशहरुले सहभागिता जनाएका छन् । सहभागि टोलीहरुलाई पाँच समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने तीन टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् ।
त्यस्तै दक्षिण एसिया कै अर्को टोली भारत समूह बी मा छ । जहाँ उसले चाइनिज ताइपेई र थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । स्मरण रहोस, नेपाली महिला फुटबल टोलीले एसियन गेम्सका लागि आवश्यक तयारी पनि शुरु गरिसकेको छ ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध