
काठमाडौं । भुटानमा सेप्टेम्बर १ देखि १० तारीखसम्म हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिप र सेप्टेम्बर २१ देखि ३० तारीखसम्म नेपाल मै हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरिएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार मात्रै साफ यु–१६ र यु–१९ च्याम्पियनसिपको फाइनल ड्र निकालेको थियो । नेपाल भने दुवै प्रतियोगिताको समूह ए मा परेको छ । साफ यु–१६ च्याम्पियनसिपतर्फ नेपालले भारत र बंगलादेशसँग खेल्नेछ ।
साफ यु–१६ च्याम्पियनसितर्फ नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर ३ तारीखका दिन बंगलादेशसँग खेल्नेछ । त्यस्तै सेप्टेम्बर ५ तारीखका दिन भारतसँग खेल्नेछ । साफ यु–१६ च्याम्पियनसिपको समूह बी तर्फ आयोजक भुटानसँगै पाकिस्तान र माल्दिभ्स रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सबै खेलहरु थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ ।
त्यस्तै साफ यु–१९ च्याम्पियनसिपतर्फ पनि समूह ए मै रहेको आयोजक नेपालले पाकिस्तान र माल्दिभ्ससँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २१ सेप्टेम्बरका दिन पाकिस्तानसँग खेल्नेछ भने २५ सेप्टेम्बरका दिन माल्दिभ्ससँग खेल्नेछ । प्रतियोगिताको समूह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् ।
दशरथ रंगशालामा हुने प्रतियोगिताको प्रत्येक समूहबाट शिर्ष दुई टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् । स्मरणीय छ, साफ यु–१६ र यु–१९ च्याम्पियनसिपको गत संस्करणको दुवै उपाधि भारतले जितेको थियो ।
साफ यु–१६ च्याम्पियनसिपको खेलतालिकाः
साफ यु–१९ च्याम्पियनसिपको खेलतालिकाः
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण