काठमाडौं (एजेन्सी) । बिहीबारदेखि शुरु फिफा महिला विश्वकपको नवौं संस्करणतर्फ दुई आयोजक राष्ट्र मध्ये एक अष्ट्रेलियाले पनि विजयी शुरुवात गरेको छ । अकल्याण्डमा समूह ए तर्फको उद्घाटन खेलमा अर्को आयोजक राष्ट्र न्युजिल्याण्डले पूर्व विजेता नर्वेलाई १–० ले हराएकै दिन अष्ट्रेलियाले पनि जित हात पारेको हो ।
सिड्नी स्थित स्टेडियम अष्ट्रेलियामा भएको समूह बी तर्फको एक मात्र खेलमा घरेलु टोली अष्ट्रेलियाले आयरल्याण्डमाथि शुन्यका विरुद्ध १ गोलको साँघुरो जित निकाल्दै विजयी शुरुवात गरेको हो । अष्ट्रेलियाका लागि खेलको ५२औं मिनटमा स्टेफनी–एलिसे केटलीले पेनाल्टीबाट गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
अष्ट्रेलियाले समूह चरणको आफ्नो दोस्रो खेल २६ जुलाईका दिन नाइजेरियासँग खेल्नेछ भने २७ जुलाईका दिन आयरल्याण्डले क्यानडाको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागि कुल ३२ टोलीहरुलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । फाइनल खेल २० जुलाईका दिन सिड्नीमा हुनेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट