दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए ।
प्रतियोगिताका लागि सहभागी टिमहरुको टुंगो लागिसकेको छ भने फिक्स्चर पनि सार्वजनिक भइसकेको छ । प्रतियोगितामा २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्ने छन् ।
न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसहरुले सहभागिता जनाउने छन् ।
दर्शकका लागि फुटसल कोर्ट वरिपरि बाँसको अस्थायी प्यारापिट निर्माणको काम सकिन लागेको न्यौपानेले बताए ।
विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको न्यौपानेले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १२ लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगिताको फाइनल खेल साउन १० गते हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा