काठमाडौं । छोटो तयारीका बावजुद फिफा विन्डोतर्फ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न बंगलादेश पुगेको नेपाली महिला फुटबल टोलीले घरेलु टोली बंगलादेश विरुद्धको दुई अन्तर्राष्ट्रिय म्याचको सिरिज जित्न सफल भएको छ ।
आइतबार ढाका स्थित बिर श्रेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई टाईब्रेकरमा हराउँदै सिरिज जित्न सफल भएको हो । निर्धारित समयको गोलरहित टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।
टाईब्रेकरमा भने नेपालले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्यो । वैकल्पिक खेलाडीका रुपमा कप्तान अन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी अन्जना राना मगरले विपक्षी टोलीको दुई पेनाल्टी प्रहार रोक्दै नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलिन् ।
स्मरण रहोस, सोही मैदानमा बिहीबार मात्र भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले १–१ को बराबरी खेलेका थिए । सो खेलमा बंगलादेशका लागि कप्तान सबिना खातुनले गोल गरेकी थिईन् भने नेपालका लागि साबित्रा भण्डारीले गोल फर्काएकी थिईन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल