काठमाडौं । गत सिजन राउण्डग्लास पञ्जाब एफसीलाई लिग च्याम्पियन बनाउँदै आई लिगबाट ऐतिहासिक इण्डियन सुपर लिग )आईएसएल) मा बढुवा गराउन अहम भूमिका खेलेका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङले क्लबसको सम्झौता नवीकरण गरेका छन् ।
यो सम्झौतासँगै किरनले आउँदो सेप्टेम्बरदेखि शुरु हुन गईरहेको इण्डियन सुपर लिग (एनएसएल) को नयाँ सिजन पञ्जाबका लागि खेल्ने पक्का भएको छ । साथै किरन इण्डियन सुपर लिग खेल्ने दोस्रो नेपाली खेलाडी समेत बन्ने निश्चित भएको छ । यसअघि अनन्त तामाङले गत वर्ष इष्ट बंगालका लागि इण्डियन सुपर लिग खेलेका थिए ।
स्मरण रहोस, गत सिजन आई लिगमा राउण्डग्लास पञ्जाब एफसीलाई लिग च्याम्पियन बनाउन किरनको प्रदर्शन प्रशंसनीय रहेको थियो । किरनले खेलेको २१ खेलहरु मध्ये उनले ११ खेलमा क्लिन शिट हात पारेका थिए । साथै लिगको उत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन ग्लोब अवार्ड पनि जितेका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबले किरनसँगै स्लोभेनियन फरवार्ड लुका माज्सेन र स्पेनिस मिडफिल्डर जुआन मेरासँगको सम्झौता नवीकरण गरेको हो ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल