News
उपाधिका लागि भियतनाम र थाइल्याण्ड भिड्ने
काठमाडौं । इण्डोनेसियामा जारी तेस्रो संस्करणको एएफएफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा भियतनाम र थाइल्याण्ड भिड्ने भएका छन् ।
प्रतियोगिताको सेमिफाइनल भिडन्ततर्फ भियतनामले म्यानमारमाथि २–१ को जित निकाल्दा दोस्रो सेमिफाइनलमा थाइल्याण्डले आयोजक इण्डोनेसियामाथि ७–१ को प्रभावशाली जित निकाल्यो ।
पछिल्ला दुई संस्करणमा लगातार उपविजेता बनेको भियतनामको यो लगातार तेस्रो फाइनल हो । थाइल्याण्ड पहिलो संस्करणको विजेता समेत हो ।
भियतनाम र थाइल्याण्डबीचको फाइनल भिडन्त शनिबार हुँदैछ । सोही दिन आयोजक इण्डोनेसिया र म्यानमार तेस्रो स्थानका लागि भिड्ने कार्यक्रम छ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट