काठमाडौं । दक्षिण–पूवी एसियाली फुटबल फेडरेशन (एएफएफ) को आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा हुने एएफएफ यु–१९ महिला च्याम्पियनसिपको तेस्रो संस्करण बुधबारदेखि इण्डोनेसियामा शुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन कम्बोडिया र आयोजक इण्डोनेसियाले विजयी शुरुवात गरेका छन् । इण्डोनेसियन शहर पालेम्बङ स्थित गेलोरा श्रीविजया स्टेडियममा भएको समूह ए तर्फको उद्घाटन खेलमा कम्बोडियाले लाओसलाई २–१ ले हरायो । त्यस्तै सोही समूहको अर्को खेलमा आयोजक इण्डोनेसियाले टिमोर लिस्टेमाथि ७–० को फराकिलो जित दर्ता गर्यो ।
१५ जुलाईसम्म चल्ने प्रतियोगितामा सहभागि १० टोलीहरुले तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष तीन टोली र दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट एक टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सन् २०१४ देखि आयोजना भएको प्रतियोगिता विविध कारणवश करिब आठ वर्ष रोकिएको थियो । साथै प्रतियोगिताको दोस्रो संस्करण गत वर्षबाट फेरि सूचारु भएको थियो । प्रतियोगिताको गत संस्करणको फाइनलमा अष्ट्रेलियाले भियतनामलाई हराउँदै पहिलोपटक उपाधि जित्न सफल भएको थियो । यद्यपि अष्ट्रेलियाले प्रतियोगिताको यसपटक सहभागिता जनाएको छैन ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट