News
सुनिल क्षेत्रीलाई लगातार दोस्रोपटक गोल्डेन बल र बुट
काठमाडौं । भारतलाई मंगलबार सम्पन्न १४औं बंगबन्धु साफ च्याम्पियनसिपको उपाधि किर्तिमानी नवौंपटक जिताउन महत्वपूर्ण भूमिका खेलेका कप्तान सुनिल क्षेत्री लगातार दोस्रोपटक सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
प्रतियोगिताभरि कुल ५ गोलका क्षेत्रीले सर्वाधिक गोलकर्ता बने वापत गोल्डेन बुट अवार्ड हात पारे भने सर्वोत्कृष्ट खेलाडी बने वापत गोल्डेन बल पनि आफ्नो कब्जामा पार्न सफल भए । स्मरण रहोस, माल्दिभ्समा सम्पन्न गत संस्करणको साफ च्याम्पियनसिपमा पनि क्षेत्रीले सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जितेका थिए ।
मंगलबार भएको फाइनलमा भारतले कुवेतलाई सडन डेथमा हराउँदै उपाधि जित्न सफल भएको थियो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल