News
इरान र दक्षिण कोरिया सेमिफाइनलमा
काठमाडौं । दुई पूर्व विजेता इरान र दक्षिण कोरिया जारी एएफसी यु–१७ एसियन कपको सेमिफाइनलमा प्रवेश गर्ने शुरुवाती दुई टोली बनेका छन् ।
थम्मसत स्टेडियममा भएको पहिलो क्वाटरफाइनलतर्फ इरानले यमनमाथि टाईब्रेकरमा संघर्षपुर्ण जित निकाल्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने इरानले यमनमाथि ४–२ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
त्यस्तै पाथुम थानी स्टेडियममा भएको दोस्रो क्वाटरफाइनलमा दक्षिण कोरियाले आयोजक थाइल्याण्डमाथि ४–१ को प्रभावशाली जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भयो ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट