
काठमाडौं । नेपाल पुलिस स्कुल र ग्रिन भिलेज एजुकेशन पmाउण्डेशन स्कुल जारी छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनलमा ल्याब्रोटरी मा.बि.लाई २—१ ले पराजित गर्दै ग्रिन भिलेज एजुकेशन पmाउण्डेशन स्कुल फाईनलमा पुग्न सफल भएको हो । ग्रिन भिलेजका लागि गोविन्द सिंहले द्वै गोल गरे भने ल्याब्रोटरी मा.बि. का तर्फबाट रमेश के.सी.ले एक मात्र सान्त्वना गोल फर्काए ।
त्यसैगरी दोस्रो सेमिफाइनलमा हारती शिक्षा मन्दिरलाई २—० को गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुलले फाईनलको यात्रा तय गर्यो । नेपाल पुलिस स्कुलको तर्फबाट सन्देश तामाङ्गले एक गोल गरे भने थप एक गोल विपक्षीले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।
नेपाल एपिएफ स्कुलको आयोजनामा जारी प्रतियोगिता अन्तरगत अब उपाधिका लागि नेपाल पुलिस स्कुल र ग्रिन भिलेज एजुकेशन पmाउण्डेशन स्कुल यहि फागुन ८ गते बिहीबार फाइनलमा भिड्ने खेल संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै