काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनौटको दोस्रो चरणतर्फ नेपाल कै समूह बी को अर्को खेलमा आयोजक म्यानमार र चाइनिज ताइपेईले बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार यांगोन स्थित थुवुन्ना स्टेडियममा भएको खेलमा म्यानमार र ताइपेईले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
यो नतिजाले म्यानमार र ताइपेई दुवैको अर्को वर्ष हुने एएफसी यु–२० महिला एसियन कपमा छनौट हुने सम्भावना कायम रहेको छ । जसमा म्यानमारको स्म्भावना अझ बलियो छ । स्मरण रहोस, म्यानमारले आफ्नो पहिलो खेलमा नेपाललाई ५–० ले हराएको थियो भने ताइपेईले बलियो चीनसँग ०–१ को पराजय बेहोरेको थियो ।
म्यानमार र ताइपेईबीचको नतिजाले बिहीबार नै नेपालमाथि ५–० को जित निकालेको चीन लगातार दुई जितका साथ एएफसी यु–२० महिला एसियन कपका लागि छनौट भएको छ ।
समूह चरणको अनितम खेलमा शनिबार चीनले म्यानमारको सामना गर्नेछ भने सोही दिन नेपालले प्रतिष्ठाको भिडन्तमा चाइनिज ताइपेई विरुद्ध खेल्नेछ । साथै शनिबारको खेलबाटै समूह बी को विजेता र उपविजेता टोलीको पनि टुंगो लाग्नेछ ।
बिहीबार लगातार दोस्रो हार बेहोरेको नेपाल भने समूह चरणबाटै बाहिरिसकेको छ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट