News मच्छिन्द्रलाई सातदोबाटो, थ्रीस्टारलाई संकटा प्रतिद्वन्द्वी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार दुई हेभिवेट भिडन्त हुने तय भएको छ । एन्फा कम्प्लेकसमा ३ बजेदेखि शुरु हुने खेलमा ३६ अंकका साथ तेस्रो स्थानमा रहेको मच्छिन्द्रले २९ अंकका साथ छैठौं स्थानमा रहेको सातदोबाटो युथ क्लबको सामना गर्दैछ ।

पछिल्ला खेलहरुमा लय गुमाएको सातदोबाटो नवौं जितको खोजीमा हुनेछ भने उता मच्छिन्द्र निश्चित जित र तीन अंक बटुल्दे फेरि दोस्रो स्थानमा उक्लिने अवसरको खोजीमा हुनेछ ।

त्यस्तै ३ बजेदेखि नै चयासल स्टेडियममा हुने खेलमा थ्रीस्टार क्लबले संघर्षरत टोली संकटा क्लबको सामना गर्नेछ । समान २६–२६ अंक जोडेको थ्रीस्टार र संकटा रेलिगेशन क्षेत्र नजिक क्रमशः ११ र १२औं स्थानमा छन् । र रेलिगेशन क्षेत्रको टोली फ्रेण्डस भन्दा दुई अंकले मात्र अगाडी छन् ।

आज जित हात पार्न सके दुवै टोली थ्रीस्टार र संकटालाई रेलिगेशन क्षेत्रबाट थप दुरी बढाउने मौका मिल्नेछ । त्यसैले पनि यी दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ ।

Post Comments