
काठमाडौं । शुक्रबार सम्पन्न हिरो वुमन्स लिगको फाइनलमा गोकुलम केरलालाई उपाधि जिताउन निर्णायक गोल गरेकी नेपाली स्टार साबित्रा भण्डारीले लिगको सर्वाधिक गोलकर्ताको पुरस्कार जितेकी छिन् ।
लिगभरि कुल १९ गोल गरेकी साबित्राले पुरस्कार सहित नगद १ लाख भारतीय रुपैयाँ हात पारिन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने उपविजेता बनेको क्रिप्साकी रतनबालादेवीले हात पारिन् । त्यसवापत उनले नगद १ लाख २५ हजार भारु हात पारिन् ।
त्यस्तै उत्कृष्ट गोलरक्षक पनि क्रिप्सा कै लिन्थोइगम्बी देवी घोषित भईन् । उनले नगद १ लाख भारु हात पारिन् भने उदयीमान खेलाडी गोकुलम कै मनिषा चुनिईन । उनले त्यसवापत नगद ७५ हजार भारु हात पारिन् ।
स्मरणीय छ, शुक्रबार भएको रोमाञ्चक फाइनल भिडन्तमा गोकुलम केरला एफसीले क्रिप्सालाई ३–२ ले हराउँदै लिग उपाधि जितेको थियो । विजेता बनेको गोकुलमले उपाधिसहित नगद १० लाख भारु हात पार्यो भने क्रिप्साले ५ लाख भारुमा चित्त बुझायो ।
Congratulations to the #HeroIWL award winners! 🏆👏
— Indian Football Team (@IndianFootball) February 14, 2020
Most Valuable Player (MVP): Ratanbala Devi 🤩
Highest scorer: Sabitra Bhandari 🎯
Best Goalkeeper: Linthoingambi Devi 🧤
Emerging Player of the Tournament: Manisha 📈#IndianFootball ⚽ #ShePower 👧🏻 pic.twitter.com/kqTazJJy8J
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै