News
साबित्रा निर्णायक बन्दा गोकुलम च्याम्पियन

काठमाडौं । चर्चित हिरो वुमन्स लिगको फाइनलमा साबित्रा भण्डारी फेरि निर्णायक बन्दा गोकुलम केरला एफसीले लिग उपाधि जित्न सफल भएको छ ।
बैंगलोर स्टेडियममा भएको फाइनल भिडन्तमा गोकुलमले क्रिप्सा एफसीलाई ३–२ ले हरायो । खेलको दोस्रो मिनटमै प्रमेश्वरी देवीको गोलबाट गोकुलमले खेलमा अग्रता बनाएको थियो ।
लगतै २५औं मिनटमा कमला देवीले गोकुलमको त्यो अग्रता दोब्बर पारिन् । तर ३४औं मिनटमा दाङमी ग्रेसको गोलबाट क्रिप्सा खेलमा फर्कियो । पहिलो हाफसम्म २–१ ले पछि परेको क्रिप्साले दोस्रो हाफमा भने पूनरागमन गर्यो ।
क्रिप्साका लागि ७३औं मिनटमा रतनबाला देवीले गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याईन् । त्यसपछि खेल पेनाल्टी शुटआउटतर्फ लम्कीरहेकी बेला साम्बा निर्णायक बनिन् ।
८७औं मिनटमा साबित्राले गरेको गोल गोकुलमलाई आइ लिगको उपाधि जिताउन प्रर्याप्त बन्यो ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै