News
नव जन जागृतिलाई आठौं ओसन कपको उपाधि
गोरखा । ‘गोरखा मेयर फुटबल विकास कार्यक्रम’ अन्तरत भएको आठौं द ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नव जन जागृति युवा क्लब, सिमरा, बाराले जितेको छ ।
गोरखा स्थित आयोजक द ओसन क्लबको टर्फ मैदानमा भएको फाइनल भिडन्तमा नव जन जागृतिले लक्ष्मी कम्युनिटी ऐजुकेशन एकेडेमीलाई हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको नव जन जागृतिले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता लक्ष्मी ऐजुकेशनले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा देशका उत्कृष्ट १२ यु–१३ फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन