News
छैठौं भोजपुर गोल्डकपको खेलतालिका सार्वजनिक
भोजपुर । छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । यही चैत १० देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भोजपुर जिल्ला फुटबल संघ र एनबीवाईसी, सप्तरी भिड्ने छन् ।
प्रतियोगितामा दुई विदेशीसहित कुल ८ टोलीहरुले सहभागिता जनाउँदैछन् । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
भोजपुर जिल्ला कै प्रतिष्ठाका रुपमा रहेको प्रतियोगिता यसपटक पनि सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबैको साथ, सहयोगको अपेक्षा गरिएको पनि आयोजक भोजपुर जिल्ला फुटबल संघले बतायो ।
Post Comments
Related News
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा