News
राष्ट्रिय टोलीको प्रशिक्षकीय जिम्मेवारीमा सामेल भए प्रवेश र बिनोद
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र गोलकिपिङ्ग प्रशिक्षकमा बिनोद डंगोल नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यी कटुवाल र डंगोलको नियुक्तिबारे आधिकारिक रुपमा जानकारी समेत गराएको छ ।
नवनियुक्त प्रशिक्षकद्वय कटुवाल र डंगोललाई एन्फाका महासचिव किरन राई नियुक्तिपत्र हस्तान्तरण गरे । नियुक्तिसँगै यी दुवै प्रशिक्षकले भर्खरै नियुक्त भएका मूख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई सघाउने छन् ।
स्मरण रहोस, फिफा विन्डोतर्फ नेपालले यही चैत ८ गतेदेखि घरमै हुने प्रधानमन्त्री थ्री नेशन्स कप खेल्ने तयारीमा छन् । दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालले लाओस र भुटानसँग प्रतिस्पर्धा गर्ने तय भईसकेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)