काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौंमा हुने प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।
आउँदो चैत्र ८ देखि १७ गतेसम्म हुन गईरहेको प्रतियोगितामा नेपालसहित भुटान र लाओसले सहभागिता जनाउने छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा उपाधिका लागि भिड्ने छन् ।
नेपालले आफ्नो पहिलो खेल चैत्र ८ गतेका दिन लाओससँग खेल्नेछ । त्यस्तै चैत्र ११ गतेका दिन लाओस र भुटान आमने सामने हुनेछन् । त्यस्तै लिग चरणको अन्तिम खेलमा चैत्र १४ गतेका दिन नेपाल र भुटान भिड्ने छन् ।
दशरथ रंगशालामा हुने सबै खेलहरु बेलुका ६ बजेदेखि शुरु हुने पनि एन्फाले जानकारी दियो । त्यस्तै दर्शकहरुका लागि टिकट मूल्य सामान्यतर्फ ५ सय र भिआइपीतर्फ १ हजार तोकिएको पनि एन्फाले जनाएको छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि