News
आयोजक डाँडाबजारले जित्यो उपाधि
साँगुरीगढी । दोस्रो डाँडाबजार गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक डाँडाबजार फुटबल क्लबले नै जितेको छ । फाइनलमा रारा फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै डाँडबजार च्याम्पियन बनेको हो ।
त्यसअघि साँगुरीगढी–५, डाँडाबजार स्थित स्थानीय खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । यद्यपि टाईब्रेकरमा भने आयोजक डाँडाबजारले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
विजेता बनेको डाँडबजारले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता रारा एफसीले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
डाँडाबजार फुटबल क्लबको आयोजनामा फागुन २४ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा