
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप पुरुष फुटबल प्रतियोगितामा सोमबार आठराई गाउँपालिकाको ए टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम क्वाटरफाइनल खेलमा आठराई गाउँपालिकाले महादेव आधारभूत विद्यालय ह्वाकुलाई १-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पहिलो हाफको १७औँ मिनेटमा आठराई गाउँपालिकाका सुनिल चोङबाङले गोल गर्दै अग्रता दिलाएका थिए । सुनिलको गोल नै आठराईका लागि निर्णायक बन्यो ।
भोलि प्रगतिशील तमु युवा समाज ह्वाकु र फेदाप खेलकुद विकास समितिबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने नव कोपिला युवा क्लबले आठराई गाउँपालिकाको ए टिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
रनिङ कपअन्तर्गत पुरुष तथा महिला फुटबल र पुरुषतर्फ भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
अध्यक्ष कपको फाइनल खेल फागुन २४ गते हुनेछ । पुरुषतर्फको फुटबल विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख तथा महिलातर्फको विजेता ६० हजार, उपविजेताले नगद ४० हजार प्राप्त गर्नेछन् ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने