News प्रथम बाराही कप शुरु, नव प्रतिभाको विजयी शुरुवात
उमेश पुन

पोखरा । पर्यटकीय शहर पोखरामा शुक्रबारदेखि शुरु प्रथम बाराही कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा नव प्रतिभा क्लबले विजयी शुरुवात गरेको छ ।

लेकसाईड–६ स्थित नेपाल ट्रष्ट खेलमैदानमा भएको उद्घाटन खेलमा नवप्रतिभाले हिमालयन फुटबल क्लबलाई ५–२ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी राजिव पहारीले गरेका थिए । लेकसाईड समाज, पोखराको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments