News
बी डिभिजन लिग चैतमा, तयारी खर्चमा पनि बृद्धि
काठमाडौं । यस वर्षको शहिद स्मारक बी डिभिजन लिग आउँदो चैत १५ गतेदेखि शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा र बी डिभिजन क्लबहरुबीचको बैठकले लिगको सो मिति घोषणा गरेको हो ।
त्यस्तै एन्फाले सम्बन्धित क्लबहरुलाई माघ २९ गतेसम्म टिमदर्ता गर्न आह्वान समेत गरेको छ । साथै क्लबहरुले चैत ७ गतेसम्म कम्तीमा २० खेलाडीहरु पनि दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ ।
त्यसैगरी एन्फाले यसपटक क्लबहरुलाई दिने तयारी खर्चमा पनि बृद्धि गरिएको छ । यस वर्ष क्लबहरुले तयारी खर्च वापत १४ लाख ५० हजार पाउने छन् । स्मरण रहोस, यसअघि क्लबहरुले अघिल्लो सिजन क्लबहरले तयारी खर्च वापत १२ लाख ५० हजार पाएका थिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)