News
प्रशिक्षक उपलब्ध गराउनेबारे एन्फालाई मोरङको पत्र (पत्रसहित)
बिराटनगर । घरेलु फुटबलमा बर्षेनी व्यस्त हुने मोरङमा स्तरीय फुटबल प्रशिक्षक नभएपछि मोरङ जिल्ला फुटबल संघले प्रशिक्षक उपलब्ध गराईदिन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको छ ।
प्रशिक्षक नभए कै कारण फुटबल प्रशिक्षण गराउन र अन्य फुटबल गतिविधी सञ्चालन गर्न र त्यसलाई निरन्तरता दिन पनि कठिनाई देखिएपछि मोरङ जिल्ला फुटबल संघले प्रशिक्षक उपलब्ध गराईदिन एन्फालाई पत्राचार गरेको हो ।
साथै संघले राखेप मोरङ जिल्लामा कार्यरत अनुभवी प्रशिक्षक पारस चौधरीलाई एन्फाले सेवा सुविधा दिने गरी मोरङ जिल्ला फुटबल संघमा निज प्रशिक्षक चौधरीलाई काजमा उपलब्ध गराईदिन अनुरोध समेत गरेको छ ।
स्मरण रहोस, प्रशिक्षक चौधरी नेपाली फुटबलमा अनुभवी प्रशिक्षकका रुपमा गनिन्छन् । उनले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय फुटबलमा पनि प्रशिक्षकको राम्रो अनुभव सँगालेका छन् ।

Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)