News
हुम्ला फुटसल कप हुँदै
काठमाडौं । चाङला युथ क्लबको आयोजनामा यहि पौष २२ र २३ गतेका दिन हुम्ला फुटसल कप हुने भएको छ । आयोजकले प्रतियोगितामा सहभागिता जनाउन चाहने क्लबहरुका लागि पौष २१ गतेसम्म टिमदर्ता खुला गरिएको जनाएको छ । साथै टिमदर्ता शुल्क ६ हजार तोकिएको छ ।
प्रोजेक्ट उकाली मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगितामा केवल हुम्ला जिल्लाका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् । सिमलटार, बौद्ध स्थित डंकमान्डु फुटसलमा हुने प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि