काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न सहयोग र उपभोगको माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुधबार ज्ञापनपत्र बुझाएको छ । एन्फाले राखेप समक्ष बजेट माग, च्यासल स्टेडियम प्रयोगका लागि अनुमति र शुल्क मिनाहाबारे ज्ञापनपत्र बुझाएको हो ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा तथा महासचिव किरन राईसहितको एक डेलिगेशन टोलीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई भेटी ज्ञापनपत्र बुझाई आफूहरुको मागलाई सुनुवाई गरि कार्यान्वयन गरिदिन अनुरोधसहित माग गरेका थिए ।
एन्फाले ए, बी र सी डिभिजन लिग आयोजना गर्न आवश्यक आर्थिक सहयोग गर्न राखेपलाई अनुरोध गरेको छ । एन्फाका अनुसार ए डिभिजन लिगका लागि ३ करोड, बी डिभिजन लिगका लागि २ करोड तथा सी डिभिजन लिगका लागि १ करोड गरी कुल ६ करोड बजेट रकम सरकारसँग राखेपमार्फत माग गरेको हो ।
त्यस्तै दशरथ रंगशालामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, ग्रासरुट, प्रशिक्षण लगायतका गतिविधीहरु सञ्चालन गर्दा एन्फाले राखेपलाई निश्चित रकम तिर्दै आएको अवगत गराउँदै सो रकम पनि मिनाहा गर्न एन्फाले राखेपसँग आग्रह गरेको छ ।
त्यसैगरी च्यासल फुटबल स्टेडियम निर्माण सम्पन्न भई तयार भईसकेकाले स्टेडियम एन्फालाई हस्तान्तरण गरि आवश्यक भोगचलन गर्न पनि अनुमति सहित व्यवस्था मिलाईदिन अनुरोध गरिएको छ ।
एन्फाले राखेपलाई बुझाएको पत्रको पूर्ण अंक पढ्नुहोस्ः



- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)