News
बागमती र झापा सी डिभिजन छनौटको नकआउट चरणमा
काठमाडौं । मोफसलमा आफ्नो फरक पहिचान बनाई राष्ट्रिय फुटबलमा समेत होमिएको बागमती युवा क्लब, सर्लाही र झापा एफसी, झापा जारी शहिद स्मारक सी डिभिजन लिग छनौटको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह एलमा रहेको बागमतीले लगातार दुई जित निकाल्दै समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । बागमतीले आफ्नो दोस्रो खेलमा अनुशासित ब्वाईज क्लबलाई ३–० ले हरायो । स्मरण रहोस, बागमतीले आफ्नो पहिलो खेलमा स्मार्ट एफसीलाई ५–० ले हराएको थियो ।
त्यस्तै नेपालकै पहिलो प्रालि क्लबको परिचय बनाएको झापा एफसीले समूह आई तर्फ आफ्नो दोस्रो खेलमा गोरक्षा स्र्पोटिङ क्लबलाई ५–० ले हरायो । झापाको पनि लगातार दोस्रो जित थियो । झापाले यसअघि आफ्नो पहिलो खेलमा बच्चलादेवी युवा क्लबलाई हराएको थियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न